हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको उत्तर कोरियाको दाबी


१३ आश्विन २०७८, बुधबार ११:३८ मा प्रकाशित

एजेन्सी, असोज १३ । उत्तर कोरियाले हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको बताएको छ । उत्तर कोरियाको सरकारी मिडियाले ‘ह्वासङ– ८’ नामको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको जनाएको हो।

विगत पाँच वर्षमा गरिएको हतियार परीक्षणमा यो निकै महत्वपूर्ण भएको दाबी पनि उत्तर कोरियाले गरेको छ । गएको जनवरीमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङले हाइपरसोनिक मिसाइलका लागि वैज्ञानिकहरुले काम गरिरहेको जनाउ दिनुभएको थियो ।

उत्तर कोरियाले हिजो विहान जापानको समुद्रमा मिसाइल प्रक्षेपण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here