ट्रकको ठक्करबाट एक जनाको मृत्यु


१३ आश्विन २०७८, बुधबार ११:३१ मा प्रकाशित

ईलाम, असोज १३ । ईलाममा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ईलामको ईलाम नगरपालिका १ नेपालटारस्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

ताप्लेजुङ खुम्बेदिन का २३ वर्षीय राजेश नेपालको घटनास्थलमा नै मृत्यु भएको हो । मंङ्गलबार राती पौने १० बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले खाना खानको लागी रोकि राखेको अर्को ट्रकको सहचालक नेपाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।

ट्रक र चालक पाँचथरका ३४ बर्षीय सुकमान राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here