झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ


१२ आश्विन २०७८, मंगलवार १३:१९ मा प्रकाशित

झापा,असोज १२ । झापाबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापास्थित बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङबाट प्रहरीले १४६ ग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।

झापा कन्काई नगरपालिका ९ का २६ वर्षीय टेकराज साह र २४ वर्षीय बिकाश मर्डीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका पौने ५ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले साहको साथबाट ०.५ मिलि ग्राम र मर्डिको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउन सुगर फेला परे पश्चात पक्राउ गरि थप सोथपुछ गर्दा विकाश मर्डीको बिर्तामोड १ मा रहेको डेराबाटसमेत गरेर १४२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर, नगद रु २ लाख ६९ हजार ३ सय, डिजिटल तराजु थान १, कानोन लेखेको डिजिटल क्यामेरा थान १ र उनले चलाई ल्याएको प्र १-०१-०१२ प ९५४५ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि ईलाका प्रहरी कार्यालय अनामनीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here