झापाको कांग्रेस पालिका अधिवेशन; सिटौला निकट सभापतिमा निर्वाचित


११ आश्विन २०७८, सोमबार ११:४० मा प्रकाशित

झापा, असोज ११ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा झापाका सबै गाउँ तथा नगरपालिकामा अधिवेशन सम्पन्न भएको छ । ४ पालिकामा निर्विरोध र ११ पालिकामा आइतबार मतदानबाट नयाँ कार्यसमिति चयन भएको हो ।

सबैमा काँग्रेसका पूर्वमहामन्त्री तथा सभापतिका आकांक्षी कृष्ण सिटौला निकट सभापतिमा निर्वाचित भएका छन् ।​ कन्काई नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद प्रसाई चयन हुनु भएको छ । यस्तै मेची नगरपालिकामा सुदय पनेरु निर्वाचित हुनु भएको छ ।

यस्तै, बिर्तामोड नगरपालिकामा भोजराज सिटौला चयन हुँदा झापा गाउँपालिकामा साघीरथ गणेश सभापतिमा चयन हुनु भएको हो । कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने सभापति चुनिनु भएको छ भने दमक नगरपालिकामा प्रकाश प्रसाई चयन हुनु भएको छ ।

अर्जुनधारा नगरपालिकामा हेमराज खरेल सभापतिमा चयन हुनु भएको छ भने भद्रपुर नगरपालिका सभापतिमा राम बहादुर कँडेल चयन हुनुभएको हो ।शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत चयन हुँदा हल्दिबारी गाउँपालिकामा गंगा प्रसाई चयन हुनु भएको छ । ​

गौरीगंज गाउँपालिका समितिको सभापतिमा अर्जुनुप्रसाद राजवंशी चयन हुनु भयो भने बाह्र दशी गाउँपालिकामा इन्दु बस्नेत चयन हुनु भएको छ । यस्तै, कचनकवल गाउँपालिका समितिको सभापतिमा तुलाराम अधिकारी चयन हुनु भएको छ । बुद्ध शान्ति गाउँपालिकामा चक्र शेर्मा चयन हुनु भएको छ भने गौरादह नगरपालिकामा यादव राज सेढाई चयन हुनु भएको छ ।

११ पालिका निर्वाचन हुँदा सिटौला निकट सभापतिका उम्मेदवारसँग अधिकांश पालिकामा महामन्त्रीका उम्मेदवार तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा निकटले प्रतिस्पर्धा गरेका थिए । केहीमा सभापतिका दाबेदार शेखर कोइराला निकटले प्रतिस्पर्धा गरेका थिए । तर, झापामा भएको नगर र गाउँपालिका निर्वाचनले सिटौलाको पकड १३ औं महाधिवेशन भन्दा बलियो देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here