एमालेको केन्द्रीय कमिटी बैठक आइतबार (आज) बस्दै


१० आश्विन २०७८, आईतवार ११:३१ मा प्रकाशित

काठमाडौँ, असोज १० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आइतबार बस्दैछ । शुक्रबारबाट काठमाडौँमा सुरु भएको बैठकमा शनिबार पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने तीन वटा दस्तावेज (राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्ताव)माथि समूहगत छलफल सकिएपछि आइतबार बिहान पुनः ११ बजे बैठक बस्ने गरी सकिएको थियो ।

आजको बैठकमा दस्तावेजमाथि आएका सुझावमाथि पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रतिवेदन प्रस्तोताले प्रष्ट पार्ने बताइएको छ । त्यसपछि अध्यक्ष ओली र सुझाव पेश गर्न बनाइएका १० वटै समूहका समूह नेताबीच छलफल गरेर महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here