विर्तामोड कांग्रेसका उपसभापतिका उमेद्वार बलराम कार्की को हुन ?


९ आश्विन २०७८, शनिबार १६:१६ मा प्रकाशित

केशव राज भण्डारी,

झापा । नेपाली कांग्रेसको १४ औँ महाधिवेसनका लागि झापाको विर्तामोड नगरपालिकाका लागि सभापति कुलप्रसाद सग्रौलाको समुहबाट उपसभापति पदका लागि बलराम कार्कीको उमेद्वारी पक्का भएको छ ।

बुबा स्व.विरवहादुर कार्की तथा माता पम्फामाया कार्कीको १ छोरी तथा ७ जना दाजुभाई मध्येका कान्छा छोराका रुपमा २०३० साल भाद्र ९ गते भोजपुर जिल्लामा जन्मेका बलराम कार्की २ वर्षको हुँदा २०३२ सालमा भोजपुरवाट झापाको अर्जुनधारा ५ पानीकलमा वसाई सरी आएका थिए । कार्की विद्यार्थी जिवन देखिनै नेपाली कांग्रेसको राजनितिमा सकृय राजनितिज्ञ हुन । २०५१ सालमा झापाको विर्तामोड नगरपालिका वडा नं. १ का बुबा रामकुमार रोक्का र आमा हिरादेवी रोक्काका ६ छोरी मध्येकी जेठी छोरी बन्दना रोक्कासँग बैवाहिक बन्धनमा वाँधिएका कार्कीका १ छोरी र १ छोरा छन । अर्जुनधारावाट २०४९ सालमा विर्तामोड नगरपालिका वडा नं. १ मा वसाई सरी आएका कार्कीका छोरा स्नातक अध्ययन गर्दै छन भने छोरी आँखा विषेसज्ञको कोर्ष गर्दै छिन ।

२०६० सालमा नेपाली कांग्रेसको कृयाशिल सदस्य वनेका कार्कीले विर्तामोड १ मै गणपति गार्मेन्ट स्थापना गरेर २० जनालाई रोजगारी दिएका छन भने सुगम ट्रेडर्समा थप ७ जनाले रोजगारी पाएका छन । २०६७ साल देखि २०७३ साल सम्म झापा उद्योग वाणिज्य संघको अध्यक्ष बनेका कार्की उद्योग वाणिज्य संघ विर्तामोडको पहिलो निर्वाचित अध्यक्ष पनि हुन । त्यसै गरी ६ वर्षसम्म झापा गोल्ड कपमा बरिष्ठ उपाध्यक्ष भएर खेलकुद विकासमासमेत राम्रो छवि वनाएका छन । विर्तामोडको उद्योग वाणिज्य संघमा अध्यक्ष भएर काम गर्ने सन्दर्भमा २०७२ सालको भुइचालोवाट क्षति भएको गोरखाको वारपाक क्षेत्रमा राहत पुर्याउन ३ ट्रक सामान सम्वन्धित क्षेत्रमा पुर्याउन सफल कार्कीको नेतृत्वले सहयोग स्वरुप ब्यवसायिवाट उठेको बाँकी रु ३ लाख रकम जिल्ला प्रसासन कार्यालय झापा मार्फत प्रधानमन्त्री राहत कोषमासमेत योगदान गरेको थियो ।

त्यसै गरी ताप्लेजुङ र सप्तरीका अग्नि पिडितहरुका लागिसमेत राहत संकलन गरी सम्वन्धित क्षेत्रमा पुर्याउन सफल भएका छन । विर्तामोड हुँदै जाने पुर्व पश्चिम राजमार्गको विर्तामोड वजार भित्र मध्य भागमा बृक्षारोपण गरी नगरको सुन्दरतामा थप उर्जा थपेका छन, कार्कीको पालामा रोपिएका रुखहरुले सितलता प्रदान गर्न थालिसकेका छन । त्यसै गरी विर्तामोड नगरपालिका भित्र पहिलो पटक घुम्ती शौचालय स्थापना, विर्तामोडका वाटो छेउछेउमा सोलार वत्ति स्थापना, अथिति सदन छेउमा पर्ने अदुवा खोलाको पुल मर्मत, बाटाहरु मर्मत लगायतका कामहरुमा आम नागरिकको मन जित्न सफल छन बलराम कार्की । आफ्नो पालामा संहालेको विर्तामोड उद्योग वाणिज्य संघलाई २ पटक जिल्लाकै उत्कृष्टको सुचिमासमेत दर्ज गराएका कार्की विर्तामोडको वाणिज्य संघलाई चिनाउन सफल भएका छन् । उद्योग वाणिज्य संघमा व्यवसायिका हक हितका लागि अहोरात्र खटिएका कार्की एक समाज सुधारक तथा सामाजिक अभियान्ता पनि हुन् ।

विर्तामोड कांग्रेसको कार्यसमिति उपसभापति पदका दावेदार बलराम कार्की सभापतिका उमेद्वार कुलप्रसाद कार्की समुहमा छन । सवैले अपनत्व महसुस हुने गरी, सम्पुर्ण कार्यकर्ता, बुद्धिजिवि, विद्यार्थी लगायत सम्पुर्ण पक्षलाई अटाएर संगठन विस्तार गर्ने कार्कीको दावी छ । गुट तथा उपगुटको राजनिति समाप्त पार्दै नेपाली कांग्रेस विर्तामोडलाई एउटै मालामा एकतृत गर्ने कार्कीको योजना छ । नेपाली कांग्रेस विर्तामोडको राजनिति राज सस्था जस्तै भएको वताउदै नेता कार्कीले बाबु, छोरा हुँदै नातिसम्म एउटै परिवारले नेतृत्व संहाल्ने चलनले गर्दा सक्षम, सवल तथा इमान्दार कार्यकर्ताले कहिल्यै ठाउँ नपाएकोमा दुःख व्यक्त गरे । यसैको अन्त्यको लागि कुलप्रसाद संग्रौलाको नेतृत्वमा एक व्यक्ति एक पद एक व्यक्ति एक कार्यकालको नारा लिएर आफुहरु चुनावी मैदानमा उत्रिएको कार्कीको भनाई छ ।

आफ्नो समुह निर्वाचित भए नगरका सम्पुर्ण कृयाशिल सदस्य तथा नागरिकहरुको हक हितमा काम गर्दै नेपाली कांग्रेसका दिवंगत कार्यकर्ताहरुको सपना साकार पार्न गुरु योजना वनाएर अगाडि वढ्नेसमेत कार्कीले प्रतिबद्धता जनाएका छन् । संगसँगै सम्पुर्ण कृयासिल सदस्य तथा कार्यकर्तालाई नेपाली कांग्रेस हुनुमा गर्भ लाग्ने गतिविधिहरु सञ्चालन गर्ने पनि नेता कार्कीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here