परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता रद्ध


६ आश्विन २०७८, बुधबार ११:३५ मा प्रकाशित

एजेन्सी, असोज ६ । संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा यस वर्ष दक्षिण एसियाली सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता नहुने भएको छ ।

वार्तामा अफगानिस्तानको प्रतिनिधित्वको विषयमा सदस्य मुलुकहरुबीच कुरा नमिल्दा बैठक नहुने भएको हो ।

सेप्टेम्बर २५ मा वार्ताको मिति तय भएपनि अहिलेलाई रद्ध गरिएको आयोजक मुलुक नेपालले अन्य मुलुकलाई जानकारी गराएको छ ।

काठमाडौंस्थित सार्क सचिवालयले सबै मुलुकलाई बैठक रद्ध गरिएको जानकारी गराइसकेको स्रोतले बताएको छ । हरेक वर्ष हुने सो बैठकमा सार्कमा विद्यमान चुनौती र सहकार्यमा केन्द्रित हुने गरेको थियो ।

यस अगाडि भारत र पाकिस्तानको तनावको कारण कमजोर बनेको सार्कमा अब अफगानिस्तानको समस्या पनि थपिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here