४ लाख नगदसहित दमकबाट १७ जना जुवाडे पक्राउ


६ आश्विन २०७८, बुधबार ११:२७ मा प्रकाशित

झापा, असोज ६ । झापास्थित दमक नगरपालिका १ मा जुवा खेलिरहका १७ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय दमकको टोलीले मंगलबार राति करिब साढे ११ बजे दमक १ का हिमाल देवानको घरमा जुवा खेलिरहेका उनीहरूलाई ४ लाख २७ हजार ६ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाका अनुसरा उनीहरुको साथबाट १६ थान कौडा पनि बरामद गरिएको छ ।

पक्राउ पर्नेहरूमा झापा भद्रपुर नगरपालिका युवराज न्यौपाने, दिलबहादुर राई र ठाकुरप्रसाद निरौला, बिर्तामोडका तिर्थ अधिकारी, गौरादहका हरि कोइराला, कमल गाउँपलिकाका सुबिन्द्र सुब्बा, कन्काईका मोहन बराल र सुनिल साह रहेका छन् ।

त्यस्तै मोरङ ग्रामथान गाउँपालिकाका लक्ष्मीप्रसाद अधिकारी, नैनकुमार चौधरी, रुपेश तामाङ, पथरी शनिश्चरेका बलराम बस्नेत, गंगाराम मगर, बेलबारीका निशान पोखरेल, दमकका कर्ण राई, राजन दाहाल र विनोद थेबे रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here