सुनसरी, असोज ५ । सुनसरीमा जंंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।
सुनसरीस्थित बराहक्षेत्र नगरपालिका ११ खत्वे टोलकी ६५ वर्षीय ममनी देवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो।
सोमबार दिउँसो २ बजे रामनाथ पाठकको पोखरी छेउमा घाँस काट्ने क्रममा अचानक वन्यजन्तु आरक्षणबाट जंगली हात्ती आई उनलाई शरिरको विभिन्न भागमा कुल्चिएर घाईते बनाए पछि हात्ती भागेको थियो । घाईते खत्वेलाई स्थानीयले घर तर्फ ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएको जनाइएको छ । साथै, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीबाट थपअनुसन्धान भइरहेको जनाइएको छ ।





