ब्राउन सुगरसहित एक जना पक्राउ


४ आश्विन २०७८, सोमबार १२:३६ मा प्रकाशित

झापा, असोज ४। झापाबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापास्थित मेचीनगर नगरपालिका ४ राईसिंगबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाका १८ वर्षीय दिलबहादुर मगर रहेका छन् । आइतबार बेलुका ६ बजे प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले उनलाई ९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका मगरको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here