काठमाडौँ, असोज २ । भक्तपुरमा आजबाट इन्द्रजात्रा सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान शनिबार बिहान ६ः५१ बजेको शुभ साइतमा गरिएको हो ।
कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर स्थगित गरिएको यात्रा यस वर्ष भने सरोकार निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको गुठी संस्थान काठमाडौँ कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । असोज ८ गते नानिचा यात्रा गरिनेछ । त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पतन अर्थात् यसिः (लिङ्गो) ढालिने साइत छ ।
किम्बदन्ती अनुसार वर्षा राम्रोसँग सम्पन्न भई बाली लगाइएकाले अब बिदा लिनुस् भनी वर्षा अन्त्यको कामना गर्न यो जात्रा मनाउने साथै विभिन्न देवीदेवताको नाच देखाइने विश्वास रहेको हनुमानढाकोका मूल पुरोहित देवराज अर्यालले बताउनुभयो ।





