विराटनगर, भदौ ३१ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पार्टी विभाजनपछि अल्पमतमा परेका पछि मन्त्रिमण्डल विस्तार गर्नु भएको छ । आचार्यले बुधबार साँझ दुई मन्त्री र तीन राज्यमन्त्री थप्नु भएको हो ।
तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाइएको छ । हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, उत्तमकुमार बस्नेत उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बन्नु भएकको छ। उहाँहरू सबैले बुधबारै बेलुका पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
संविधानानुसार आचार्यले मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । आचार्य यही भदौ १० गते मुख्यमन्त्री बन्नु भएको थियो । प्रदेशसभामा बहुमत पुर्याउन उहाँलाई ४७ सांसदको साथ चाहिन्छ । विपक्षी गठबन्धनमा ५० सांसद छन् ।





