अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने तयारी


१८ भाद्र २०७८, शुक्रबार १२:४४ मा प्रकाशित

एजेन्सी, भदौ १८ । अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणाको तयारी गरेको छ । नयाँ सरकारको घोषणाका लागि काबुलमा रहेको राष्ट्रपति कार्यालयमा तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुने सम्भावना रहेको खबरमा उल्लेख छ । केही दिनयता नयाँ सरकार घोषणा गर्न भन्दै तालिबानले छलफललाई निरन्तरा दिँदै आएको छ ।

छलफल लगभग टुङ्गिएकाले आज नयाँ सरकार घोषणा हुन सक्ने अनुमान गरिएको हो । तालिबानको सरकारमा राष्ट्रपति र प्रधानमन्त्री हुने खबरमा उल्लेख छ । तर, सरकारमा महिला सहभागी हुनेरनहुने बारे केही खुलाइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here