सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानमा रोनाल्डो


१७ भाद्र २०७८, बिहीबार १२:१४ मा प्रकाशित

काठमाण्डौ, भदौ १७ । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् । विश्वकप छनोटअन्तर्गत गएराति रिपब्लिक अफ आयरल्यान्डसँगको खेलमा २ गोल गर्दै रोनाल्डोले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले आफ्नो गोल सङ्ख्या १ सय ११ पुर्याएका छन् । पोर्चुगलका कप्तान रोनाल्डोले राष्ट्रिय टोलीका लागि १ सय ८० औं खेलमा यो कीर्तिमान हासिल गरेका हुन् । यसअघि रोनाल्डोले युरोपेली च्याम्पियनसिपका दौरान इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमान बराबरी गरेका थिए ।

रोनाल्डोको २ गोलसँगै पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here