मन्त्रीपरिषद्लाई पूर्णता दिन सत्तारूढ गठबन्धनका शीर्ष नेताबीच छलफल जारी


१५ भाद्र २०७८, मंगलवार १२:१२ मा प्रकाशित

काठमाडौं, भदौ १५ । मन्त्रीपरिषद्लाई पूर्णता दिन सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ ।

केहीबेर अघिबाट सुरु भएको छलफलमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ ।

नेताहरुबीच मन्त्रिपरिषद्को पूर्णता र मन्त्रालय भागबन्डालगायत विषयमा छलफल केन्द्रीत भइरहेको बुझिएको छ । ५ दलीय गठबन्धनमा रहेका दलहरुमध्ये राष्ट्रिय जनमोर्चाबाहेक चार दल सरकारमा सहभागी हुने तयारीमा रहेपनि अहिलेसम्म काँग्रेस र माओवादीमात्रै सहभागी छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीलाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने दलहरूको तयारी छ ।

सोही योजनाअनुसार आजको बैठकमा सत्तारुढ दलभित्र मन्त्रालयको भागबण्डा टुंग्याउने गरी छलफल सुरु भएको बुझिएको छ ।

यसअघि सोमबार बिहान बालुवाटारमै बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकमा मन्त्रिपरिषदलाई चाडो पूर्णता दिनुपर्ने छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here