आगलागी हुँदा एक दम्पतीको निधन


१५ भाद्र २०७८, मंगलवार ११:५६ मा प्रकाशित

काठमाण्डौ, भदौ १५ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ मा आगलागी हुँदा एक दम्पतीको निधन भएको छ ।

गएराति आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उहाँकी श्रीमती ४५ वर्षीया पशुपति भण्डारीको निधन भएको वडाअध्यक्ष नारायणबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीको कारण खुल्न भने सकेको छैन । ढुङ्गामाटाको गाह्रो र जस्ताको छानो भएको एकतले घरमा आगो लागेको हो । त्यहाँ अन्य घरहरु नजिक नरहेकाले प्रहरीले ढिलो गरी मात्रै खबर पाएका थिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here