प्रतिवन्धित औषधीसहित उर्लाबारीबाट एक जना पक्राउ


१३ भाद्र २०७८, आईतवार १२:३६ मा प्रकाशित

मोरङ, भदौ १३ । मोरङको उर्लाबारीबाट प्रतिवन्धित औषधीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको उर्लाबार नगरपालिका १ स्थित झारासादी का २० बर्षीय उमेश धिमाललाई प्रतिवन्धित औषधीसहित पक्राउ गरेको हो ।

शनिवार राती १२ बजे विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा प्रतिबन्धित औषधी Tramadol – ५७५ ट्याब्लेट र Spaspain– ५७० ट्याब्लेट प्रहरीले बरामद गरको हो ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here