अफगानिस्तानमा गोली हानाहान एक जनाको मृत्यु, तीनजना घाइते


७ भाद्र २०७८, सोमबार १४:३४ मा प्रकाशित

एजेन्सी, भदौ ७ । अफगानिस्तानको पश्चिमा सुरक्षा बल, अफगान सुरक्षा गार्ड र अज्ञात बन्दुकधारीबीच सोमवार गोली हानाहान भएको छ ।

काबुल विमानस्थलको उत्तरी गेटमा भएको लडाइमा एकजना अगफान सुरक्षा गार्ड मृत्यु भएको छ भने तीनजना घाइते भएको जर्मन सेनाले बताएको छ ।

सो घटना भएपछि आक्रमणकारी विरुद्धको गोली हानाहानमा जर्मन र अमेरिकी सेना पनि संलग्न भएका समाचार संस्था एएफपीले जनाएको छ ।

अगस्ट १५ मा तालिबालने काबुल कब्जा गरेपछि विमानस्थल अस्तव्यस्त हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here