सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न प्रधानमन्त्रीलाई आग्रह


७ भाद्र २०७८, सोमबार १३:०९ मा प्रकाशित

काठमाडौं, भदौ ७ । मानवअधिकार तथा शान्ति समाजले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा समाजले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन/निर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धिलाई तत्काल अनुमोदन गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।

यसैगरी अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै दक्षिण एशियाली नागरिकहरुको उद्धार र सकुशल आ आफ्नो देश फिर्तीका लागि दक्षिण एशियाली सहयोग संगठन सार्कको वर्तमान अध्यक्षको नाताले तत्काल सार्क राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना गर्न समाजले देउवालाई आग्रह गरेको छ ।

यसैगरी विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमा समेत ध्यानाकर्षण गराइएको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here