झापा, भदौ ५ । झापाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका ९ देवकोटा चौकबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेएको हो ।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ८ का २० वर्षीय गोपाल विश्वकर्मा र ईलाम माई नगरपालिका ६ घर भई हाल बिर्तामोड नगरापालिका ८ स्थितमा डिडिआर फार्मेसी संचालन गरी बस्ने २० वर्षीय भिष्म बुढाथोकी रहेका छन् ।
शुक्रबार बेलुका साढे ४ बजे विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ५ ग्राम ५१० मिलिग्राम ब्राउन सुगरसहित प्रकाउ गरेको हो । पक्राउ पर्ने दुवैको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनी जनाएको छ ।





