ग्वान्जाव उन्डफु बायोटेक र बि.एस.आर बायोटेकद्वारा नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग


४ भाद्र २०७८, शुक्रबार १७:३६ मा प्रकाशित

काठमाडौं, भदौ ४ । ग्वान्जाव उन्डफु बायोटेक कम्पनी र बि.एस.आर बायोटेक प्रा.लि ले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । तेईस लाख रुपैँया बराबरको स्वास्थ्य साम्रगी ग्वान्जाव उन्डफु बायोटेक कम्पनी र बि.एस.आर बायोटेक प्रा.लि ले सरकारलाई संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बि.एस आर.बायोटेक प्रा.लिको तर्फबाट नविन कोइराला, दिपेश भण्डारी र प्रज्जवल न्यौपानेले संयुक्त रुपमा उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य मन्त्रालयका तर्फबाट मन्त्रालयका प्रमुख विशेषज्ञ डा.दिपेन्द्र रमण सिंहले सो स्वास्थ्य सामग्री ग्रहण गर्नुभएको थियो । हस्तान्तरण गरिएको सो सामग्रीमा आठ हजार चार सय थान एन्टिजेन टेष्ट किट र दुई थान फाइनकेयर थ्रि प्लस एनालाइजर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here