तालिबानले सत्ता कब्जामा लिएसँगै भारतसँगको व्यापार बन्द


३ भाद्र २०७८, बिहीबार १४:३७ मा प्रकाशित

एजेन्सी, भदौ ३ । तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएसँगै भारतसँगको व्यापार बन्द गरेको जनाएको छ।

भारतीय निर्यात संगठन महासंघले सवारीको आवागमन रोकिएको जनाएको छ। जसकारण लाखौं डलर बराबरको सामान आयात र निर्यात रोकिएको छ।

अफगानिस्तानमा भारतले निकै ठूलो परिमाणमा निर्यात व्यापार गर्ने गरेको छ। भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडकहरूको विकासमा पनि अर्बौं डलर लगानी गरिरहेको छ।

रिपोर्टका अनुसार भारतले अफगानिस्तानबाट ठूलो मात्रामा ड्राइफ्रूट आयातसमेत गर्छ। अफगानिस्तानको बदाम, किसमिस र पिस्तालगायत सामानको मुख्य क्रेताविन्दु भारत हो।

ड्राइफ्रूट आयातको हिसाबले अमेरिका, जर्मनी र हङकङ पछि भारत चौथो स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here