काठमाडौं, भदौ ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) पार्टीको दर्ता प्रक्रिया पूरा हुनासाथ सरकारले पूर्णता पाउने बताउनु भएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो, ‘हिजोबाट नयाँ परिस्थिति बनेको छ। आज बिहान पनि प्रधानमन्त्री, माधव नेपाल र म बसेको थियौँ। नयाँ पार्टी दर्ता सनाखत हुनासाथ मन्त्रीपरिषद्ले पूर्णता पाउँछ।’
गत बैशाख ८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले ल्याएको अध्यादेश लोकतन्त्र र संविधानविरोधी भएको आरोप लगाउँदै दाहालले अहिले सरकारले ल्याएको अध्यादेशको भने बचाउ गर्नुभएको छ ।
प्रचण्डले भन्नुभयो, ‘ओलीले ल्याएको अध्यादेशले लोकतन्त्र र संविधान सिध्याउनका लागि थियो भने अहिले ल्याएको अध्यादेशले लोकतन्त्र, संविधान र कम्युनिष्ट आन्दोलन रक्षा गरेको छ।





