काठमाडौं, भदौ १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २२ सांसदको छलफल सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूहका २२ सांसद भेला भएका छन् ।
यसअघि कार्यदलमा रहेका सदस्यहरुसँग नेता नेपालले छलफल गर्नुभएको थियो ।





