एजेन्सी, भदौ १। तालिवान समूहसँग सम्बन्धित सामग्रीमा फेसबुकले प्रतिबन्ध लगाएको छ । तालिवान र उक्त लडाकु समूहलाई समर्थन गर्ने सबै सामग्रीमाथि फेसबुकले प्रतिबन्ध लगाएको बताइएको छ।
फेसबुकले तालिवानलाई आफूले आतङ्कवादी संस्था मानेका कारण त्यस्तो गरिएको जनाएको छ। फेसबुकले तालिवानसँग सम्बन्धित सामग्री पहिचान गर्न र हटाउन अफगान विज्ञहरूको समूह बनाएको बताएको छ।
तालिबानले वर्षौँदेखि सामाजिक सञ्जाल प्रयोग गरेर आफ्नो सन्देश प्रवाह गरिरहेको छ।





