प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ


१ भाद्र २०७८, मंगलवार १२:०८ मा प्रकाशित

मोरङ, भदौ १ । मोरङ प्रहरीले प्रतिबन्धित औषधीसहित दुई जनालाई पक्राउ गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका ३ स्थित सुन्दरीचौकबाट प्रतिबन्धित औषधी सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका ४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ बर्षीय बिक्रान्त अधिकारी रहेका छन् ।

सोमबार बेलुका ७ बजे उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रतिबन्धित औषधी Tramadol Capsule -२८८२ र Spas pain Tablet – २९२० सहित पक्राउ गरेको हो । पक्राउ पर्ने दुवै जनाको थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता नविनराज राईले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here