सुनसरी, भदौ १ । सुनसरीमा सिटी सफारी पल्टिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सुनसरीस्थित कोशी गाउँपालिका २ को भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण आउदै गरेको को२ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टिदा सवार एक जनाको मृत्यु र एक जना घाईते भएका हुन् ।
सोमबार बेलुका ५ बजे भएको सो दुर्घटनाबाट सोही स्थानका ७४ बर्षीय फरेबी यादव र बराहक्षेत्र ११ कि २३ बर्षीय सबिना माझी घाईते भएका थिए । घाइतेमध्ये यादवको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको थियो । त्यस्तै, घाइते माझीको धरानस्थित घोपा अस्पतालमा उपचार भईरहेको छ ।
सवारी चालक कोशी गाउँपालिका २ का २० बर्षीय रंजित यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।





