एमालेको माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी


२१ श्रावण २०७८, बिहीबार १२:०१ मा प्रकाशित

नेकपा एमालेको माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ। स्थायी कमिटीको बैठक लगत्तै पार्टीभित्रको विवादबारे निर्णय केन्द्रीय कमिटीको बैठक बस्ने केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिनु भयो ।

माधव समूहले आजका लागि बोलाएको  केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन नेताहरुलाई एमाले संस्थापनले आग्रह गरेको हो। एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको बताउनु भयो ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। गठबन्धनभित्रका दल आन्तरिक समस्यामा फसेपछि देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका हुन्।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सरकारमा जाने नजाने अन्तिम निर्णय नभइसकेका कारण मन्त्रालय भागबण्डा मिलाउन सत्ता गठबन्धनमा सकस परिरहेको छ। गठबन्धनले मन्त्रालयगत भागबण्डासमेत बाहिर ल्याएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here