काठमाडौं । १ किलो ८ सय ६६ ग्राम सुनसहित तीनजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत राजस्थान नागौर जिल्ला छोटीखाटुका २७ वर्षीय साकिर अली, भारत राजस्थानकै २८ वर्षीय अब्दुल सतार र राजस्थानकै २४ वर्षीय प्यार मोहम्मद रहेका छन् ।
उपत्यका अपराध अनुसनधान कार्यालययले सिनामंगलको सिरहा मल्हनिया होटलबाट उनीहरुलाई पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताउनु भयो ।
वैदेशिक रोजगारीबाट आउने व्यक्तिलाई प्रयोग गरेर विभिन्न घरायसी सामानमा लुकाएर सुन ल्याइएको प्रारम्भिक अनुसनधानमा खुलेको उहाँले बताउनु भयो ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।






