नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै


१७ श्रावण २०७८, आईतवार १०:४० मा प्रकाशित

काठमाडौं ।   नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दैछ।

बिहान ११ बजे केन्द्रीय कार्यलय पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिएका छन्‌।

​बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाउने जनाइएको छ।यसअघि हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो। सो अवसरमा केही दिनभित्रै सत्ता-साझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको जनाइएको छ।

असार २९ गते प्रधानमन्त्रीमा शपथ लिएका देउवाले हालसम्म पनि सरकारलाई पूर्णत दिन नसकेको भन्दै आलोचना हुन थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here