तालिबानद्वाराअफगानिस्तानका प्रमुख तीन सहर कब्जा गर्ने प्रयास


१७ श्रावण २०७८, आईतवार १०:३४ मा प्रकाशित

काठमाण्डाै  ।     तालिबानले अफगानिस्तानका प्रमुख तीन सहर कब्जा गर्ने प्रयास गरेको छ ।

दक्षिण तथा पश्चिमी क्षेत्रका हेरात, लस्कर गाह र कान्दाहर सहर सरकारी सेनाबाट खोसेर आफ्नो नियन्त्रणमा लिने प्रयास भइरहेको बीबीसीले जनाएको छ ।तर ती प्रमुख सहर अहिलेसम्म सरकारी सेनाको नियन्त्रण छन् ।कान्दाहरबाट सयौँ नागरिक विस्थापित भएका छन् ।

तालिबानको हिंसा र सरकारी सैन्यबलले गर्ने प्रतिकारका कारण अफगानिस्तानमा गम्भीर मानवीय सङ्कट आउन सक्ने भन्दै चासो र चिन्ता बढ्न थालेको छ ।अफगानिस्तानमा रहेका विदेशी सैनिक सेप्टेम्बर महिनासम्म फिर्ता हुने यसअघि नै घोषणा भएर कार्यान्वयन हुँदै आएको छ ।

अमेरिकी सेना फर्कन थालेपछि तालिबानले ग्रामीण क्षेत्रहरुमा कब्जा जमाउन थालेको छ ।मुख्य तीन सहरमा पछिल्लो पटक कब्जा जमाउने प्रयास भएको खबरमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here