आजदेखि विश्वभर स्तनपान सप्ताह सुरु


१७ श्रावण २०७८, आईतवार १०:४८ मा प्रकाशित

आजदेखि विश्वभर स्तनपान सप्ताह सुरु हुँदैछ। विश्व स्वास्थ्य संगठन र युनिसेफको आह्वानमा हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ।

बालबालिकाका लागि स्तनपानको महत्वबारे विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाइँदै आइएको छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन सुरु गरिएको हो। स्तनपान आमा र बच्चा दुवैको स्वास्थ्यका लागि हुने फाइदाका विषयमा यो सप्ताहमा चर्चा तथा जनचेतना जगाउने गरिन्छ।

स्तनपानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपना लगायतका रोगबाट बचाउने गर्दछ। आमाको दूधमा पाइने कोलस्ट्रम (बिगौती) दूधमा विभिन्न रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी) हुने हुँदा शिशुलाई झाडापखाला, निमोनिया जस्ता संक्रमणबाट बचाउँने गर्दछ। यस्तै‚ स्तनपान गराउँदा महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप–२ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून रहने बाल विशेषज्ञहरु बताउँदछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here