अफगानिस्तानमा हवाई आक्रमणमा परी ३० तालिबानको मृत्यु


९ श्रावण २०७८, शनिबार १८:३४ मा प्रकाशित

सुरक्षाकर्मीहरुको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ।मृत्यु भएका मध्ये सबैजना तालिबान लडाकुहरु रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरुले पुष्टि गरेका छन्।

घटनामा परी अरु १७ जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन्। शुक्रबार दुई प्रान्तमा घटना भएको जनाइएको छ।देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए। मुर्घाब र हसानमा रहेको तालिबान लडाकुहरुको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेका थिए।

त्यसैगरी,हेल्मन्ड प्रान्तको लश्कर गाहमा पनि सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेका थिए।घटनास्थलबाट सुरक्षाकर्मीहरुले सवारीसाधनहरु,बंकर,विस्फोटक पदार्थलगायत लडाकुहरुले प्रयोग गर्ने गरेको सामग्रीहरु पनि बरामद गरेका छन्।

लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि प्रयासहरु भइरहे पनि टुंगिन सकेको छैन। द्वन्द्वका कारण अहिलेसम्म अफगानिस्तानमा हजारौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here