सिरियाको अवस्थाप्रति संयुक्त राष्ट्र सङ्घ चिन्तित


९ श्रावण २०७८, शनिबार १४:२६ मा प्रकाशित

सिरियाका पछिल्लो समयमा बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्र सङ्घ चिन्तित रहेको छ ।संयुक्त राष्ट्र सङ्घका प्रवक्ताले शुक्रवार एक विज्ञप्ति प्रकाशन गरेर यस कुराको जानकारी दिनु भएको हो ।उहाँका अनुसार सिरियामा पछिल्लो समयमा हिंसा सुरु भएको छ ।पछिल्लो समयमा सिरियाका उत्तरपश्चिमी क्षेत्रहरुमा हिंसात्मक हमला र आक्रमणका घटना बढेका छन् ।

यसबाट सिरियाली नागरिकको ज्यान गएको छ ।त्यहाँका बालबालिका र महिलाहरु पनि समस्यामा परेको देखिएको छ,भन्दै संयुक्त राष्ट्र सङ्घले हिंसा रोक्नका लागि पहल गर्न सम्बद्ध सबैसँग आग्रह पनि गरेको छ। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसका सहायक प्रवक्ता फरहान हकले प्रकाशन गरेको विज्ञप्तिमा उत्तर पश्चिमी सिरियामा पछिल्ला हप्ताहरुमा मानिसहरुमाथि भएको हिंसाको निन्दा पनि गर्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घले यस्ता हिंसात्मक गतिविधीहरु तत्कालै रोक्न र त्यहाँ शान्ति सुरक्षाको अवस्था कायम गर्न पनि माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here