पूर्वाञ्चल क्यान्सर अस्पतालमा विश्वस्तरीय प्रयोगशाला


४ श्रावण २०७८, सोमबार २०:२९ मा प्रकाशित

झापा । विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले विश्वस्तरीय प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
अब कुनै पनि रोग पत्ता लगाउन विदेश वा काठमाडौँ धाउनु नपर्ने गरी उच्चस्तरीय ल्याब सञ्चालनमा ल्याइएको अस्पताल प्रशासनले जनाएको हो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले सबै प्रकारका जाँच प्रयोगशालामार्फत हुने जानकारी दिँदै अन्यत्र जानु नपर्ने बताउनुभयो ।तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै प्रयोगशालाले रिपोर्ट उपलब्ध गराउँदै आएको छ ।

प्याथोलोजिष्ट डाक्टर उज्वल राईले आधुनिक उपकरणको सहायताले प्रयोगशालाबाट विश्वसनीय र भरपर्दो रिपोर्ट प्राप्त हुने बताउनु भयो ।शरीरका भित्री अङ्गमा भएका सबै प्रकारका रोगको पहिचानका लागि आवश्यक अत्याधुनिक उपकरण र जनशक्ति अस्पतालमा कार्यरत रहेको कार्यकारी निर्देशक प्रसाईले जानकारी दिनुभयो ।

अस्पतालले स्वचालित मेसिनह? ल्याएर प्रयोगशाला स्थापना गरेको हो । अत्याधुनिक प्रयोगशालाको अभावमा खास रोग पत्ता नलागेर धेरै बिरामी उपचारबाट वञ्चित हुँदै आएका छन् ।अस्पतालमा वायोप्सी लगायतका परीक्षण हुन थालेपछि जटिल रोगका बिरामीले समेत उपचार पाउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here