सोमबार २ हजार ४ सय ४५ संक्रमित थपिए, ३२ जनाको मृत्यु


४ श्रावण २०७८, सोमबार १८:१० मा प्रकाशित

नेपालमा सोमबार थप २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ८ सय ३३ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय ४२ र ३ हजार ८ सय ३१ एन्टीजेन परिक्षणका क्रममा ८०३ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १८ हजार ४९४ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ९ हजार ५ सय ८२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार २ सय ५८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३३ हजार ३३२ संक्रमित निको भएका छन् ।

हाल नेपालमा २५ हजार ८३७ जना आइशोलेशन र ३०४ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३४ लाख ७७ हजार ५१८ वटा पिसिआर र २ लाख ६६ हजार ६६२ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here