काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ ।
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी बैठक कार्यदलमा बनेको १० बुँदे सहमति बमोजिम अघि बढेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनु भयो ।
कार्यदलमा भएको सहमति बमोजिम यो बैठकलाई संस्थापन पक्षले १०औँ केन्द्रीय कमिटी बैठक भनेको छ । तर यो बैठकमा पनि नेपाल-खनाल समूह सहभागी छैन ।अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँगको सहमतिमा एजेण्डा तय गरेर मात्रै बैठक गर्नु पर्ने सो समूहको माग छ ।बैठकमा पार्टी विवाद, संगठन निर्माण र विधान अधिवेशनका विषयमा छलफल जारी रहेको तामाङले जानकारी दिनु भयो ।
एमाले साउनको अन्तिममा विधान अधिवेशन गर्ने तयारी गरेपछि त्यसको तयारीमा आजको बैठक केन्द्रित छ ।०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ का साविकका कमिटी व्यूँताएर पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल-खनाल पक्ष संघर्षरत छ ।तर,आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै नेपाल-खनाल पक्षसँग संस्थापन पक्ष सकारात्मक छैन ।





