झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरका डा. केवल कपुरीमाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीले आज ओपिडी सेवा बन्द गरेका छन् ।
हल्दिबारीका पुष्पराज निरौलाले आइतबार साँझ आकस्मिक कक्षमा कार्यरत डा.कपुरीलाई कुटपिट गरेको विरोधमा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले ओपिडी सेवा बन्द गरेका हुन् ।
अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले डा.कपुरीमाथि कुटपिट गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै ओपिडी सेवा बन्द गर्ने निर्णय गरेका छन् ।अस्पतालका मेडिकल सुपेरिटेण्डेट डा टंक बारकोटीले डिउटीमा खटिएका डाक्टरमाथि कुटपिट गर्ने व्यक्तिलाई तत्काल कारबाह गर्न माग गर्नु भएको छ ।डा.कपुरीले आइतबार नै वडा प्रहरी कार्यालय भद्रपुरमा निवेदन दिनु भएको छ ।
कुटपिट गर्ने व्यक्तिलाई कानुनी कारबाही हुने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।





