अष्ट्रेलियासँगको पाँचौं तथा अन्तिम टी–ट्वान्टीमा वेस्ट इण्डिज १६ रनले विजयी


२ श्रावण २०७८, शनिबार १४:०० मा प्रकाशित

अष्ट्रेलियासँगको पाँचौं तथा अन्तिम टी–ट्वान्टीमा वेस्ट इण्डिज १६ रनले विजयी भएको छ । योसँगै वेस्ट इण्डिजले श्रृङ्खला ४–१ ले जितेको छ ।

आज बिहान भएको खेलमा वेस्ट इण्डिजले दिएको दुई सय रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ९ विकेट गुमाएर १ सय ८३ रन मात्रै बनाउन सक्यो ।अस्ट्रेलियाका कप्तान आरोन फिन्चले सबैभन्दा धेरै ३४ रन बनाए ।वेस्ट इण्डिजका सेल्डन कोट्रेल र आन्द्रे रसेलले समान तीन/तीन विकेट लिएका थिए ।

पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो ।वेस्ट इण्डिजका इभन लेविसले सबैभन्दा धेरै  ७९ रन बनाए ।अष्ट्रेलियाका एन्ड्रयु टाइले तीन तथा मिचेल मार्स र एडम जाम्पाले दुई/दुई विकेट लिए ।

वेस्ट इण्डिज पहिलो खेलमा १८ रन,दोस्रो खेलमा ५६ रन र तेस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।चौथो खेलमा अष्ट्रेलिया ४ रनले विजयी भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here