नेकपा एमालेको दोस्रो तहका नेताहरु फेरि छलफलमा


२ श्रावण २०७८, शनिबार १३:३९ मा प्रकाशित

काठमाडौं ।     नेकपा एमालेको दोस्रो तहका नेताहरु फेरि छलफलमा जुटेका छन् ।अहिले सिंहदरबारमा विघटित एकता कार्यदलका सदस्यहरु छलफलमा जुटका हुन् ।

एमाले स्थायी कमिटीको शुक्रबारको बैठकले दश सदस्यीय कार्यदलले जुटाएको १० बुँदे सम्झौता अनुमोदन गर्दै वार्ता टोली विघटन गरेको थियो ।विघटित वार्ता टोलीका नेताहरु अनौपचारिक वार्तामा जुटेका हुन् ।एमाले संसदीय दलको कार्यालयमा जम्मा भएका नेताहरुबीच पार्टी र संसदीय दलको बैठक माधव नेपाल पक्षसहित बस्ने उपायको बारेमा कुराकानी भइरहेको बताइएको छ ।

एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ भने माधव नेपालले विश्वासको मत दिएर संसद जोगाउने बताउँदै आएका छन् ।वार्ताटोली औपचारिक रुपमा भंग भए पनि पार्टी एकता जोगाउने उपायका बारेमा नेताहरुबीच अनौपचारिक छलफल चलिरहने उनीहरुले बताएका छन् ।

विश्वासको मतको सन्दर्भमा संस्थागत निर्णयबिना देउवालाई साथ दिन नहुने धारणा वार्ता टोलीमा रहेका माधव पक्षकै नेताहरुको पनि छ ।एकताको लागि दबाब दिन पृथ्वीसुब्बा गुरुङ,योगेश भट्टराईलगायतका नेताहरु समेत छलफलमा थपिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here