शनिबार थप १ हजार ८ सय ७५ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु 


२ श्रावण २०७८, शनिबार १८:०१ मा प्रकाशित

नेपालमा शनिबार थप १ हजार ८ सय ७५ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ८ सय ५८ पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टीजेन परिक्षणका क्रममा ५६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १४ हजार २४८ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५ सय २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ हजार १ सय ६४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३० हजार ४०७ संक्रमित निको भएका छन् ।

हाल २५ हजार ९५२ सक्रिय संक्रमित आइशोलेशन र ३३७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ६३ हजार ५७ वटा पिसिआर र २ लाख ५९ हजार ८३१ एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here