जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट


२३ असार २०७८, बुधबार १०:२९ मा प्रकाशित

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट भएको हो। यस आइपीओमा गोला प्रथा मार्फत् १ लाख ८४ हजार ८०१ जनाले सेयर हात पारेका छन्। जसमध्ये जसमध्ये १ लाख ८४ हजार ७९६  जनालाई १० कित्ता र ५ जनालाई ११ कित्ताका दरले सेयर दिइएको छ। कम्पनीले सर्वसाधारणलाई १८ लाख ४८ हजार १५ कित्ता सेयर बाँडफाँट गरेको हो।

जीवन विकासले असार ११ गतेदेखि १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेकामा ०  दशमल ५ प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डका लागि छुट्याएको थियो। यस आइपीओमा हालसम्मकै उच्च आवेदन परेको छ। बिक्री प्रबन्धकका अनुसार कुल २० लाख ८७ हजार ३१७ जना लगानीकर्ताले आवेदन दिएकामा २० लाख १८ हजार ३०८ जनाको आवेदन मात्र योग्य ठहरिएको छ। ६९ हजार ९ जना लगानीकर्ताको आवेदन रद्द भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here