काठमाडौं । नेपाल चलचित्रकर्मी संघ प्रदेश १का अध्यक्ष केवल तामाङले आफ्नो जन्मोत्सवको अवसरमा मुलपानी काठमाडौमा रहेको ‘स्नेह आश्रम’लाई नगद तथा खाद्यन्न सहयोग गर्नु भएको छ ।
अध्यक्ष तामाङले मंगलबार आश्रममा पुगेर नगद २२ हजार रुपैयाँ सहित खाद्यन्न सहयोग गर्नु भएको हो ।प्रदेश १का चलचित्रकर्मीहरुको लागि राहत वितरणमा जुट्दै आउनु भएका अध्यक्ष तामाङले काठमाडौमा पुगेर व्यक्तिगतरुपमा आश्रमलाई सहयोग गर्नु भएको हो ।चलचित्र निर्माता तथा चलचित्र वितरककारुपमा समेत परिचित नेपाल चलचित्रकर्मी संघका अध्यक्ष तामाङ सामाजिक क्षेत्रमा समेत सक्रिय रहनु भएको छ ।
नगद तथा खाद्यन्न सहयोग हस्तान्तरण कार्यक्रममा नायिका वर्षा शिवाकोटी,विष्णु चेम्जोङ्ग,चलचित्र विकास वोर्डका सदस्य राज कटुवाल,चलचित्र निर्माता मुना पौडेल,शोभा राई,गायक तथा संगीतकार ताराप्रकाश लिम्बु,चलचित्र निर्देशक सुर्दशन थापा,संगीत उद्योग संघका अध्यक्ष मिलन मोक्तान,मिस तामाङ २०१८ सिमरन स्याङ्बो,कलाकार सुलेमान संकर लगायतको उपस्थिति रहेको थियो ।स्नेह आश्रम कलाकार सुलेमान संकरले सञ्चालन गर्दै आउनु भएको छ ।





