भारतीय अभिनेता दिलीप कुमारको निधन


२३ असार २०७८, बुधबार १०:१२ मा प्रकाशित

भारतीय अभिनेता दिलीप कुमारको  निधन भएको छ । केही दिनयता बिरामी परेका दिलीप कुमारको ९८ वर्षको उमेरमा बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि दिलीप कुमारलाई गएको जुन ६ तारिखमा अस्पताल भर्ना गरिएको थियो । बलिउडका ‘ट्रयाजेडी किङ्ग’ भनेर चिनिने उहाँ पाँच दशकसम्म चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँले ‘देवदास’, ‘नयाँ दौर’, ‘राम और श्याम’ लगायत ६० वटा जति चलचित्रमा अभिनय गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here