२ हजार २ सय ९९ जना कोरोना संक्रमित थपिए, ३४ जनाको मृत्यु


१८ असार २०७८, शुक्रबार १७:४७ मा प्रकाशित

नेपालमा शुक्रबार थप २ हजार २ सय ९९ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ५ सय ६६ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ९१ जना र ४ हजार ३० एन्टीजेन परिक्षणका क्रममा थप ९०८ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७८ हजार ८ सय ८ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार १ सय ७९ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ३ हजार ४ सय ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३ हजार ६ सय जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा २९ हजार २७४ सक्रिय संक्रमित आइशोलेशन र २९९ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३३ लाख ५७ हजार ८२९ वटा पिसिआर र १ लाख ९६ हजार ६९६ वटा एन्टीजेन परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here