१९ दिनको अवधिमा बाढी,पहिरोमा परी ३२ जनाको मृत्यु


१८ असार २०७८, शुक्रबार १०:०४ मा प्रकाशित

काठमाडौं । जेठ ३१ गतेदेखि असार १७ गतेको अवधिमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी ३२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

यो १९ दिनको अवधिमा २९ जनाको अवस्था अज्ञात छ ।यही अवधिमा १६१ परिवार प्रभावित भएका छन् भने २ करोड ४६ लाख बराबरको भौतिक सम्पत्ति क्षति भएको छ ।२०७७ सालमा यही अवधिमा बाढी र पहिरोबाट २३ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । यो अवधिमा ३० जिल्लाका ६७ परिवार प्रभावित भएका थिए भने ७५ लाख २७ हजार बराबरको भौतिक क्षति भएको थियो ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकलाई हेर्दा यस वर्ष मनसुनको सुरुआती चरणमै गत वर्षको भन्दा बढी जनधनको क्षति भएको देखिन्छ ।केन्द्रले मनसुनजन्य विपद्मा परी मृत्यु, बेपत्ता र घाइते भएकाहरुको विवरण नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकबाट अध्यावधिक गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here