विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड नाघ्यो


१६ असार २०७८, बुधबार १०:४४ मा प्रकाशित

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड नाघेको छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा संक्रमितको संख्या १८ करोड २५ लाख ६५ हजार १२४ पुगेको छ ।बितेको २४ घण्टामा ३ लाख ७२ हजार ७७२ संक्रमित थपिएका छन् ।सोही अवधिमा ७ हजार ६०४ जनाको मृत्यु भएको छ ।योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३९ लाख ५३ हजार ४६८ पुगेको छ ।

१६ करोड ७१ लाख ६६ हजार ३२५ जनाले कोरोनालाई जितेका छन् ।बितेको २४ घण्टाको अवधिमामात्र ४ लाख ९ हजार ६४१ जना कोरोनामुक्त भएका छन् ।

अहिले विश्वमा १ करोड १४ लाख ४५ हजार ३३१ जना सक्रिय संक्रमित छन् ।जसमध्ये ७९ हजार ९६५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here