काठमाण्डाै । आजदेखि केही अन्तर्राष्ट्रिय विशेष उडान शुरु भएका छन् ।नेपाल एअरलाइन्सले कतारको दोहा र टर्किस एअरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।
हिमालय एअरलाइन्सले क्वालालम्पुर,जजिरा एअरले कुवेत,फ्लाइ दुबईले दुबई,सलाम एअरले ओमान र एअर अरेबियाले आबुधाबीमा उडान गर्नेछन् ।नेपाल एअरलाइन्सले जापानको उडान गर्नेछ ।मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने जनाएको छ ।
असार १७ गतेदेखि कुल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडानको व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।





