कोरोना संक्रमित र निको हुनेको संख्याको अन्तर कम


५ जेष्ठ २०७८, बुधबार १७:०४ मा प्रकाशित

काठमाडौं । देशभर गत २४ घण्टामा थपिएका कोरोना संक्रमित र संक्रमणमुक्त हुनेको संख्याको अन्तर कम छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि हुँदा ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका छन्। संक्रमित हुने संख्या स्थिर देखिएपनि पछिल्लो पटक संक्रमणमुक्त हुनेको संख्या भने बढ्दै गएको छ।

पिसिआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट १ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए।

संक्रमणका कारण गत २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here