झापा । अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोभिड १९ का कारण सोमबार मृत्यु भएको छ ।उहाँको स्वास प्रश्वासमा समस्या आएपछि बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो ।
खाम्याहाङलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।लामो समय उपचार गरिरहँदा पनि उहाँको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।खाम्याहाङको उपचारकै क्रममा बिएन्डसी हस्पिटलमा निधन भएको हो ।
संक्रमणपछि केही दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा राखिएको थियो ।बिएन्डसीमा वैशाख १७ गते थप उपचारका लागि भर्ना गरिएको थियो ।





